२०८२ भाद्र १ गते आइतवार
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिन लागेको हो । बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभामा पेस गर्नका लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरू तथा सरोकारवालाहरूलाई विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।
साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्बोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न ११ वटा दक्षिण एसियाली क्षेत्रका चार्टर्ड एकाउन्टेन्ट निकायहरू समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा उत्कृष्ट बैंक तथा वित्तीय संस्थाहरूलाई अवार्डहरू प्रदान गर्दै आइरहेको छ ।
बैंकको उक्त वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३' मा वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्डसमेत प्राप्त गर्न सफल भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij