Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले खाए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले खाए शपथ


  • 1.9K
    Shares

    लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले खाए शपथ

    काठमाडौ. । लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले आज (बिहीबार) बिहान पद तथा गोपनीयताको शपथ खाएका छन्। 

    मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री पदमा नियुक्त गरेका थिए।

    आज तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ खाएका हुन्। उनीहरूलाई आज बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले शपथ खुवाएका हुन्। 

    नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा गत साउन ७ गते एमाले प्रदेश संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

    १२ मन्त्रालय रहेको लुम्बिनीमा ३ मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ।

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - ०९:५१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij