Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी विकास बैंकले तीन महिनामा कमायो २० करोड १९ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकले तीन महिनामा कमायो २० करोड १९ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 2.2K
    Shares

    लुम्बिनी विकास बैंकले तीन महिनामा कमायो २० करोड १९ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरणअनुसार चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा २० करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १६.५६ प्रतिशत बढी हो । गत आवमा बैंकले १७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १६ दशमलव २० प्रतिशत र खुद ब्याज आम्दानी ६ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । 

    गत आवमा बैंकको सञ्चालन नाफा २५ करोड २६ लाख रुपैयाँ रहेकोमा चालू आवमा २९ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ४३ करोड १८ लाख रुपैयाँ रहेकोमा चालू आवमा ४५ करोड ९८ लाख रुपैयाँ रहेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४९ पैसा रहेकोमा चालू आवमा २२ रुपैयाँ ९७ पैसा रहेको छ । 

    पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ३० करोड ९६ लाख रुपैयाँ छ । बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ छ । 

    बैंकले पहिलो त्रैमासमा जगेडामा ३ अर्ब ८ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ३० करोड ९६ लाख रुपैयाँ सञ्चिति गरेको छ । सो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २१ दशमलव ८१ गुणा र प्रतिशेयर नेटवर्थ रू। १९६ दशमलव ७९ रहेको छ । 

    l.jpg

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - ०८:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij