२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा १९७ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड ८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ३३ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर १८ करोड रुपैयाँमा झरेको छ । जसका कारण कम्पनीको सञ्चालन नाफा १९७ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ७ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेकोमा चालू आवमा बढेर १३ रुपैयाँ ७६ पैसा पुगेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा भने २९ करोड ९१ लाख रुपैयाँ ऋणात्मक छ ।
चुक्तापूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा रिजर्भमा २ अर्ब ४४ करोड रुपैयाँ सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने २९ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij