Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सिद्धार्थ बैंकको खुद नाफा ७९१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचकहरू

सिद्धार्थ बैंकको खुद नाफा ७९१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचकहरू


  • 1.9K
    Shares

    सिद्धार्थ बैंकको खुद नाफा ७९१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचकहरू
    images

    काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ ।

    असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर दुई अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको साही अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब ९६ करोड ९८ लाख थियो ।

    यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज एक अर्ब ४३ करोडबाट घटेर एक अर्ब ५० लाख कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको विवरणले देखाएको छ । यता, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ

    १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ जम्मा रहेको छ । यसले बैंकलाई दिगो र सबल देखाउँछ ।

    सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - ०७:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij