२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३०८.५० प्रतिशतले धेरै हो । गत वर्ष यसले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कुमारी बैंकको खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ३ अर्ब ४ करोड थियो । बैंकले आफ्नो कर्जालाई सहि तरिकाले परिचालन गरिहेको छ । जसको कारणले बैंकको ब्याज आम्दानीमा वृद्धि भएको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १८ करोडबाट घटेर ६३ करोड ६ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । यता, सञ्चालन नाफा २५४ प्रतिशत बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij