Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकले ल्यायो तिहार तथा छठ अफर, २५ प्रतिशत क्यासब्याक पाइने

कुमारी बैंकले ल्यायो तिहार तथा छठ अफर, २५ प्रतिशत क्यासब्याक पाइने


  • 1.6K
    Shares

    कुमारी बैंकले ल्यायो तिहार तथा छठ अफर, २५ प्रतिशत क्यासब्याक पाइने

    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले आउँदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप ‘तिहार तथा छठ क्यासब्याक’ अफर सञ्चालनमा ल्याएको छ । 

    अनवरतरूपमा नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रवाह गरिरहेको कुमारी बैंकले कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वसम्म गरी ९ दिनका लागि ‘तिहार तथा छठ’ क्यासब्याक अफर सञ्चालन गरेको हो । 

    सो अफरअन्तर्गत भाइ टिका तथा किजा पूजाको दिनमा मोबाइल बैङकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार जना सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ ।

    अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

    लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । 

    यस प्रकारको प्रोत्साहनले सेवाग्राहीहरूमा चाडबाडहरूमा हुने वित्तिय कारोबारहरू विद्युतिय भुक्तानीका माध्यमहरूबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - १३:०१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij