Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ज्योति लाईफको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउने

ज्योति लाईफको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउने


  • 5.8K
    Shares

    ज्योति लाईफको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउने
    images

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।  

    सूचीकृत भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू १२० दशमलव २९ देखि ३६० दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । 

    कम्पनीले फागुन २१ गतेदेखि २६ गते ६६ लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । 

    कम्पनीको आईपीअ‍ोमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए ।

     

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १५:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij