Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि...

६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि...


  • 2.9K
    Shares

    ६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि...
    images

    क्वालालम्पुर । एक जना मलेसियाली महिलाले ६ वर्षसम्म ओछ्यानमा थला परेका आफ्ना श्रीमान् स्याहारेर बसेकी थिइन् । कार दूघर्टनाका कारण महिलाको श्रीमान् ओछ्यान परेका थिए । तर निको भएपछि ती पुरुषले आफूलाई दुःखमा साथ दिने श्रीमतीलाई छाडेर अर्कै महिलासँग बिहे गरेका छन् ।

    वर्षौँसम्म नुरुल स्याजवानीले सामाजिक सञ्जालमा आफूलाई बिरामी श्रीमानको हेरचाहकर्ताको रूपमा आफ्नो दैनिक जीवन सार्वजनिक गरेकी थिइन् । श्रीमानलाई खुवाउनेदेखि उनको डाइपर फेर्ने र नुहाइदिनेसम्मका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । कार दुघर्टनापछि थला परेका उनको श्रीमानलाई आफ्नै खुट्टामा उभिन ६ वर्ष लाग्यो । यो समयमा हरदम, हर क्षण नुरुल श्रीमानको साथमा थिइन् ।

    बिरामी श्रीमानप्रति उनले देखाएको समर्पण र कतव्र्यका कारण फेसबुकमा मात्रै उनलाई हजारौँले पछ्याएका थिए । तर निको भएपछि श्रीमानले नुरुलसँगको सम्बन्ध तोडेर अर्की महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरू छक्क परेका छन् । नुरुलले आफ्नो पूर्व पति र उनको नयाँ बेहुलीको फोटो राखेर फेसबुकमा एउटा पोस्टमा बधाई दिएकी थिइन् ।

    उनको यो पोस्टपछि फ्यानहरूले पूर्व पति र उसको नव दुलहीको निकै आलोचना गरेका थिए । आफ्नो श्रीमानले आफ्ना सारा जिम्मेवारी निभाएको भन्दै पूर्व पति र उसको नव दुलहीलाई जथाभाबी नभन्न नुरुलले आफ्ना फ्यानलाई अनुरोध गरेकी थिइन् ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - १०:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij