Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पहिलो त्रैमासमा घट्यो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

पहिलो त्रैमासमा घट्यो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 1.9K
    Shares

    पहिलो त्रैमासमा घट्यो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३१.२२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक थियो।

    बैंकको सञ्चालन मुनाफा २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर २ अर्ब ४५ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ३ अर्ब १७ करोड ७९ लाख रुपैयाँ थियो।

    चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार घटेर २० अर्ब ७४ करोड २ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा २२ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा बैंकले ३ खर्ब २६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ४.६७ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १३.४२ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ईपीएस १९.५१ रुपैयाँ थियो। पीई रेसियो २०.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७९.६८ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - ०८:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij