Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पहिलो त्रैमाससम्ममा सानिमा बैंकले कमायो ३९ करोड ९५ लाख नाफा, अन्य सूचकमा कस्तो छ प्रगती ?

पहिलो त्रैमाससम्ममा सानिमा बैंकले कमायो ३९ करोड ९५ लाख नाफा, अन्य सूचकमा कस्तो छ प्रगती ?


  • 1.3K
    Shares

    पहिलो त्रैमाससम्ममा सानिमा बैंकले कमायो  ३९ करोड ९५ लाख नाफा, अन्य सूचकमा कस्तो छ प्रगती ?

    काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    बैंकले सार्वजनिक गरेको हिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

    यो नाफा गत आर्थिक बर्ष २०८०/८१ को सोही अवधिको तुलनामा बैंकको नाफा १७.२७ प्रतिशतले कम हो।गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

    समिक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशतले बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.१५ प्रतिशत र सञ्चालन मुनाफा २०.८० प्रतिशतले घटेको छ।

    १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ५.३७ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशतले बढेको छ।

    असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी आम्दानी ३ रुपैयाँ ४४ पैसा घटेर ११ रुपैयाँ ७७ पैसा झरेको छ। गत आर्थिक वर्षको समिक्षा अवधिमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ २१ पैसा थियो ।  

    असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१४ गुणा रहेको छ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - ०८:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij