Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रथम त्रैमासमा प्रभु बैंकको नाफा ०.६२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

प्रथम त्रैमासमा प्रभु बैंकको नाफा ०.६२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 1.6K
    Shares

    प्रथम त्रैमासमा प्रभु बैंकको नाफा ०.६२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४ करोड ४ रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.६२ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको सञ्चालन मुनाफा ८.९२ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने बढेर २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो।

    चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १४ अर्ब ७ करोड ३६ लमाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ११ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ३.९७ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १७.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.५७ रुपैयाँ थियो। पीई रेसियो १४.९९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९.९३ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - ०८:१७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij