२०८२ मंसिर ८ गते सोमवार
स्याङजा । पुतलीबजार नगरपालिका ६ टक्सार स्थित भित्री सडकमा रोकी राखेको बस जलेर नष्ट भएको छ ।
गए राती (सोमबार) १० बजे टक्सार-पोखरा भित्री सडक अन्तरगत चल्ने ग १ ख ७१६६ नम्बरको बसमा आगलागी भएको खबर पाएपछि घटनास्थलतर्फ प्रहरीको टोली पुग्दा बस जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
आगलागीका बेला बसमा यात्रु कोही नभएको र आगोको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिजुली तार सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।
बस चालक पोखराका २९ वर्षीय सुभास के.सी र सहचालक १८ वर्षीय नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij