Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भाले ठुलो स्वरमा बासेको रिसमा छिमेकीविरुद्ध मुद्दा दर्ता

भाले ठुलो स्वरमा बासेको रिसमा छिमेकीविरुद्ध मुद्दा दर्ता


  • 3.0K
    Shares

    भाले ठुलो स्वरमा बासेको रिसमा छिमेकीविरुद्ध मुद्दा दर्ता
    images

    भाले ठुलो स्वरमा बासेको रिसमा फ्रान्समा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारीमा छन् ।

    ‘एकाग्रतामा समस्या, राम्रोसँग सुत्न नपाउने, कान नै दुख्ने’ लगायत आरोप लगाएर रिकोका मालिकहरूविरुद्ध छिमेकी मुद्दा दर्ता गरेका छन् । यो मुद्दाको सुनुवाइ आगामी वर्षको जनवरीमा हुने भनिएको छ । आफ्नो नाम खुलाउन नचाहने छिमेकीका अनुसार भालेले दिनरातै बासेर हैरानी दिने गरेको छ ।

    ५ वर्षीय रिकोका मालिक फ्रांक भने उक्त आरोप अस्वीकार गर्छन् । भाले बस्ने खोरमा अटोमेटिक सिस्टम रहेको र उक्त खोरको ढोका जाडो समयमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे खुल्ने उनको भनाई छ । भालेले बिहानको समयमा करिब एक घण्टामा १५ पटक र दिनमा थप केही पटक बास्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

    करिब २५ वर्षअघि सहरबाट बोरगोइँ जालियूँमा सरेका फ्रांक दम्पत्ती आफ्नो छिमेकीको व्यवहारबाट अचम्मित बनेका छन् । उनीहरूले यस विषयमा टाउन हलमा सहमतिको प्रयास पनि गरेका थिए । तर, त्यहाँ कुरा मिल्न सकेन । त्यसपछि छिमेकीले अदालतमा नै मुद्दा दर्ता गरेका हुन् ।

    यता फ्रांकले अन्य छिमेकीसँग पनि यसबारे कुरा गरेको बताएका छन् । अन्य छिमेकीलाई भने रिको बास्दा कुनै समस्या नभएको उनको दाबी छ ।

    मुद्दा दर्ता छिमेकी भने सन् २०२१ मा उक्त स्थानमा सरेका हुन् । उनका अनुसार रिको ठुलो स्वरले बास्दा आफूलाई बगैँचामा आनन्दले बस्नुदेखि राम्ररी सुत्नुसम्ममा समस्या भएको भएको छ । उनी यो अवस्था परिवर्तन होस् भन्ने चाहन्छन् ।

    प्रकाशित मिति :कार्तिक ६ २०८१ मंगलवार - ११:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij