२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि आएसँगै कारोबार रोकिएको हो।
जसअनुसार आज प्रतिकित्ता २१३ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २३ सय ४४ रुपैयाँ पुगेको छ। विहान कारोबार सुरु हुँदा कम्पनीको सेयर मूल्य २१ सय ३१ रुपैयाँ थियो।
योसहित नेपाल स्टक एक्सचेन्जमा आज अन्य तीन कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij