Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रूरू जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रूरू जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 17.8K
    Shares

    रूरू जलविद्युतको आईपीओमा  आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं । फागुन ७ गतेदेखि विक्रीमा आएको रूरू जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थायिनका लागि लागि आईपीओ विक्री खुला गरेको छ ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ६ र ७ का स्थानीयहरुका लागि प्रतिशेयर रू १०० अंकित दरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री खुला गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

    कम्पनीको आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

    कम्पनीको यो आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने मध्यम रुपको सुरक्षित संकेत गर्ने इक्रम एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १२:३७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij