Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपाल भाग्न खोजेका २ जनामाथि गोली प्रहार

नेपाल भाग्न खोजेका २ जनामाथि गोली प्रहार


  • 2.4K
    Shares

    नेपाल भाग्न खोजेका २ जनामाथि गोली प्रहार
    images

    काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ । बिहीबार नेपालको सीमा नजिक पर्ने हान्डा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो ।

    मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो । सरफराजको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई बहराइचको स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । सुरक्षाका लागि अस्पतालबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

    सुरुमा उनीहरूले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ । प्रहरीले मिश्रको हत्यामा प्रयोग गरिएका हतियार बरामद गरिएको पनि बताएको छ । यूपी स्पेसल टास्क फोर्स (एसटीएफ) प्रमुख अमिताभ यशका अनुसार, यस घटनामा हालसम्म पाँच जना पक्राउ परिसकेका छन् ।

    बहराइच प्रहरीले आज सरफराज र तालिमसहित मोहम्मद फहिम, अब्दुल हमिद र मोहम्मद अफजललाई पक्राउ गरेको हो । यसअघि, प्रहरीले बुधबार अर्का आरोपित राजा उर्फ ​​जहिर खानलाई पक्राउ गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - ०७:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij