Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सलमानकै निकट भएकाले सिद्दिकीको हत्या गरिएको खुलासा

सलमानकै निकट भएकाले सिद्दिकीको हत्या गरिएको खुलासा


  • 5.8K
    Shares

    सलमानकै निकट भएकाले सिद्दिकीको हत्या गरिएको खुलासा
    images

    भारतस्थित राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी)  का वरिष्ठ नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएपछि कुख्यात् गुन्डा नाइके लरेन्स बिश्नोई गिरोह फेरि चर्चामा आएको छ। यसैबीच बिश्नोईको ‘हिट लिस्ट’ बाहिर आएको छ। यसमा धेरैको नाम खुलेको छ। 

    गुजरातको साबरमती जेलमा रहेका बिश्नोईले एनआईएसमक्ष आफूले हिटलिस्ट तयार गरेको स्वीकार गरेका छन्। यसमा सलमान खान उनको मुख्य निशानामा छन्। बाबा सिद्दिकीको हत्या पनि सलमान खानका नजिकका साथी भएकाले भएको पनि खुलासा भएको छ।

    बाबा सिद्दिकीका छोरा जिशान पनि बिश्नोई गिरोहको निशानामा थिए, अरू पनि धेरै नाम सूचीमा छन्। इन्डिया टुडेको रिपोर्टअनुसार, सलमान खानलाई सन् १९९८ मा कालो हरिण मारेको अभियोग लागेदेखि नै लरेन्स बिश्नोई रुष्ट छन्। किनकि बिश्नोई समुदायले कालो हिरणलाई पवित्र मानेर पूजा गर्ने गर्छ।

    यस वर्षको सुरुमा सलमान खानको घर बाहिर गोली हानिएको थियो। यस प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

    प्रकाशित मिति :आश्विन २९ २०८१ मंगलवार - ०८:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij