Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

रतन टाटाको शव गिद्धलाई खुवाउन लागिएको हो ?

रतन टाटाको शव गिद्धलाई खुवाउन लागिएको हो ?


  • 4.1K
    Shares

    रतन टाटाको शव गिद्धलाई खुवाउन लागिएको हो ?
    images

    व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ ।

    रतन टाटा पारसी समुदायका थिए तर अझै पनि उनको अन्तिम संस्कार पारसी धर्म संस्कार अनुसार गरिने हो कि हिन्दू संस्कार अनुसार गरिने हो ? यसमा मानिसहरुको कौतुहलता छ ।

    पारसीहरूको रीतिरिवाज र परम्परा पूर्ण रूपमा फरक छ। पारसी समाजमा अन्त्येष्टि गर्ने चलन हिन्दू र मुस्लिमको भन्दा कसरी फरक छ, हामी तपाईलाई बताउँछौं।

    पारसीहरूले कसरी गर्छन् मृतकको अन्तिम संस्कार ? 

    पारसीहरू न हिन्दूले जस्तै जलाउँछन्, न त मुस्लिमले जस्तै गाड्छन् । उनीहरुको अभ्यास दुवै भन्दा फरक छ । वास्तवमा यो समुदायले मानव शरीरलाई प्रकृतिले दिएको उपहार हो, जुन मृत्युपछि फिर्ता गर्नुपर्छ भन्ने विश्वास राख्छन ।

    संसारभरका पारसी समुदायले एउटै भावनाका साथ शवको अन्तिम संस्कार गर्छन्। शव टावर अफ साइलेन्समा राखिन्छ । त्यसपछि शवलाई गिद्धको जिम्मा लगाइन्छ ।

    टावर अफ साइलेन्स भनेको के हो ?

    टावर अफ साइलेन्स अर्थात् प्रकृतिको काखमा । पारसी समुदायका मानिसहरुले आफ्ना प्रियजनको शव प्रकृतिको काखमा छाडेर जाने गर्छन् । यिनैलाई दख्मा भनिन्छ ।

    यो समुदायमा यो परम्परा शताब्दीयौं पुरानो हो। यो मृत शरीरलाई टावर अफ साइलेन्समा राखे पछि गिद्धले खान्छ । तर नयाँ पुस्ताका पारसीहरू अन्त्येष्टिको यो अभ्यासमा खासै विश्वास गर्दैनन् । 

    रतन टाटाको अन्त्येष्टि कसरी हुन्छ ?

    जानकारीका अनुसार रतन टाटाको दाहसंस्कार पारसी अनुसार नभई हिन्दु संस्कार अनुसार जलाएर गरिने भएको छ । यसअघि उनका लागि करिब ४५ मिनेट प्रार्थना गरिने छ । र, पारसी समुदायले बनाएको विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिनेछ ।

    यो समुदाय इरानवाट भागेर ७ औं शताब्दीमा भारत आएको मानिन्छ । मुस्लिम धर्म परिवर्तन गर्न अस्विकार गरेकाहरु भागेर भारत आएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २४ २०८१ बिहिवार - १६:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij