Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अन्तर्राष्ट्रिय

उडिरहेको जहाजभित्रै क्याप्टेनको मृत्यु

उडिरहेको जहाजभित्रै क्याप्टेनको मृत्यु


  • 4.7K
    Shares

    उडिरहेको जहाजभित्रै क्याप्टेनको मृत्यु
    images

    अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ । मंगलबार राति स्थानीय समयअनुसार एयरबस ए३५०, ७:०२ बजे सिएटलबाट इस्तानबुलका लागि उक्त जहाज उडेको थियो ।

    जहाज उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक अचेत भएका थिए। करिब ८ घण्टाको उडानपछि उनी अचेत भएपछि जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था द न्यू योर्क टाइम्सले जनाएको छ ।

    त्यतिबेला जहाज उत्तरी क्यानडाको बाफिन आइल्यान्डको क्षेत्रमा उडान भइरहेको थियो । जहाजमा पटकपटक उनलाई होसमा ल्याउने प्रयास गरे पनि उनको ज्यान जोगाउन भने सकिएन ।

    उनको ज्यान जोगाउन नसकेपछि को-पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए । उक्त जहाजलाई बुधबार बिहान ५:५७ बजे न्यू योर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो ।

    क्याप्‍टेन पेहलिभानको के कारणले मृत्यु भएको थियो भन्ने एयरलाइन्सले खुलाएको छैन । तर एयरलाइन्सले उनको नियमित रूपमा स्वास्थ्य जाँच भइरहेको बताएको छ । मार्चमा गरिएको जाँचमा पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको टाइम्सको समाचारमा उल्लेख छ ।

    जहाजमा रहेका यात्रुहरूलाई अर्को फ्लाइटमार्फत इस्तानबुल पठाउने तयारी भएको जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन २४ २०८१ बिहिवार - १२:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij