Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको सबै सीमा बन्द

उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको सबै सीमा बन्द


  • 2.3K
    Shares

    उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको सबै सीमा बन्द
    images

    उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सीमा पूर्णरुपमा बन्द गरेको घोषणा गरेको छ । 

    उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबारदेखि दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् । 

    यसका साथै सिमाना छेउछाउका क्षेत्रमा पनि सुदृढीकरण गरिनेछ । उत्तर कोरियाको मिडिया हाउस केसीएनएका अनुसार कोरियाली पिपुल्स आर्मीले दक्षिण कोरिया र अमेरिकाको युद्ध अभ्यासको अवलोकनपछि यो निर्णय गरेको जनाएको हो ।

    वास्तवमा पछिल्लो एक वर्षमा अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्ना विमानवाहक जहाज, सैन्य जहाज, लामो दूरीका बमवर्षक र पनडुब्बी पठाएको छ, जसका कारण उत्तर कोरिया आक्रोशित छ ।

    दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भनेर अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघीय कमाण्ड फोर्सलाई यसबारे जानकारी गराएको बताएको छ । यो बलले उत्तर–दक्षिण कोरिया बीचको डिमिलिटराइज्ड जोनको व्यवस्थापन गर्छ ।

    यसअघि दक्षिण कोरियाली सेनाले जनवरीदेखि किम जोङको सेनाले सीमामा ल्यान्ड माइन बिछ्याएको बताएको थियो । यसबाहेक, एन्टीट्यांक जालहरू पनि जडान गरिएको छ ।

    अधिकांश रेल पूर्वाधार हटाइएको जनाईएको छ । गत जुनमा सीमामा सैन्य पूर्वाधार बढाउन काम गरिरहेका धेरै सैनिकहरू बारुदी सुरंग विस्फोटमा मारिएपछि यो घटना पुष्टी भएको हो ।

    उत्तर कोरियाको यो निर्णयपछि दुई देशबीच तनाव बढ्ने खतरा बढेको छ । उत्तर र दक्षिण कोरियाले यसअघि दोस्रो विश्वयुद्धपछि सन् १९५० देखि ५३ सम्म युद्ध लडेका थिए ।

    प्रकाशित मिति :आश्विन २४ २०८१ बिहिवार - १०:२९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij