Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा


  • 1.8K
    Shares

    भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा
    images

    काठमाडौं । भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको छ ।

    रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले जोन जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई भौतिकशास्त्रमा २०२४ नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    दुवैलाई आर्टिफिसियल नेचुरल नेटवर्कसँग मेशिन लर्निंग सम्बन्धि प्राथमिक खोज र आविष्कारहरू गरे बापत यस बर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार दिइएको छ ।

    ७६ बर्षिय जेफ्री ई. हिन्टन ब्रिटिश-क्यानडियन कम्प्युटर वैज्ञानिक हुन् भने त्यस्तै ९१ बर्षिय जोन जे हपफिल्ड अमेरिकी वैज्ञानिक हुन् ।  

    यसअघि सोमबार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्सा क्षेत्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

    त्यस्तै बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा हुदै छ । 

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - १५:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij