२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती अग्रता लिएको छ । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना सुरू भएको छ ।
९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार कांग्रेस ४८ सिटमा अगाडि देखिएको छ भने भारतीय जनता पार्टी १६ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य ४ सिटमा अगाडि रहेका छन् ।
यसअघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।
त्यस्तै जम्मुकश्मिरमा जेकेएनसीले २७ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी १७ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी एक र अन्य ३ सिटमा अगाडी रहेका छन् ।
९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मुकश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij