२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सोमबार १.१३ अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से सूचकांक दुई हजार ६ सय ५८ दशमबल ७४ अंकमा पुगेर बन्द भएको छ । त्यस्तै ७ अर्ब २९ करोड ६७ लाख बराबरको करोबार भएको छ ।
नेप्सेका सात वटा उपसूचकांकभने हरिया भएर बन्द भएको छन् । सोमबार व्यापार, होटल तथा पर्यटन, जलविद्युत उत्पादन अन्य, लघुवित्त र म्युचुअल फण्ड लगायतका उपसूचकांकहरुमा सामान्य वृद्धि देखिएको छ । भने चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
एनआइसी एसिया लघुवित्त, राधी विद्युत, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij