Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु

अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु


  • 2.6K
    Shares

    अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु
    images

    काठमाडौं । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन्।

    हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । २००५ मा क्याट्रिना तूफान पछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ। सन् २००५ मा यहाँ आएको आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।

    हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् ।

    पछि जर्जियाको रे शहरमा बाइडेनले प्रभावितहरूलाई भने, “मैले तपाईलाई देखेको छु, मैले तपाईलाई सुन्छु, म तपाईसँग शोक गर्छु र म तपाईसँग वाचा गर्दछु कि हामी तपाईसँग छौं।”

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - १३:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij