Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विश्वको सवैभन्दा अग्लो पुलमा पर्यटकको भीड

विश्वको सवैभन्दा अग्लो पुलमा पर्यटकको भीड


  • 1.3K
    Shares

    विश्वको सवैभन्दा अग्लो पुलमा पर्यटकको भीड
    images

    चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ । 

    चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

    पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य बृद्धि भएको स्थानीयको भनाइ छ । त्यहाँ होमस्टेहरु प्रशस्त खुलेका छन् । सन् २०२५ सम्म पुलको निर्माण पूर्ण रुपमा सकिने जनाइएको छ । 

    ‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घन्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ । 

    बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृहनगर घुम्न आउँदैछन्,’  स्थानीय गाउँले सुआन्जुनले भने ।

    (सीसीटिभी प्लस÷एनएनबी) 

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - ०७:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij