Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायलमा प्रतिबन्ध

राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायलमा प्रतिबन्ध


  • 1.8K
    Shares

    राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायलमा प्रतिबन्ध
    images

    इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

    इजरायलका विदेशमन्त्री इजरायल कट्जले सामाजिक सञ्जालमा पोष्ट गर्दै गुटेरेसमाथि प्रतिबन्ध लगायेको जानकारी दिएका हुन् ।

    उनले लेखेका छन्- ‘जो कोही पनि इरानले इजरायलमाथि गरेको जघन्य हमलाको स्पष्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै किसिमको अधिकार छैन ।'

    कट्जले गुटेरेसले अहिलेसम्म पनि अक्टोबर ७ मा हमासले गरेको नरसंहार र यौन उत्पीडनको निन्दा नगरको आरोप लगाएका छन् । उनले भनेका छन्- ‘न उनले (महासचिव गुटेरेस) हमासलाई आतङ्कवादी संगठन घोषणा गर्न कुनै प्रयास गरेका छन् ।'

    उनले भनेका छन्- ‘यस्तो महासचिव जो, आतङ्कवादी, बलात्कारी, हमास, हिजबुल्लाह र हुतीपछि इरानले गरेको हत्याको समर्थन गर्छ । उनले संयुक्त राष्ट्रको इतिहासमा दाग लगाएको अर्थमा याद गरिनेछ ।’
     

    प्रकाशित मिति :आश्विन १६ २०८१ बुधवार - १६:५६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij