Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१८ वर्षपछि लेबनान प्रवेश गर्‍यो इजरायली सेना

१८ वर्षपछि लेबनान प्रवेश गर्‍यो इजरायली सेना


  • 1.8K
    Shares

    १८ वर्षपछि लेबनान प्रवेश गर्‍यो इजरायली सेना
    images

    निरन्तर हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो।

    आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा सोमबार रातिबाटै भूमिगत अपरेशन सुरु गरेको जनाएको छ।

    इजरायली सेनाले सीमानजिकका गाउँहरूलाई निशाना बनाएको बताएको छ। यहाँबाट हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने गरेको छ। आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि खटाएको जनाएको छ। गुप्तचरका सूचनाका आधारमा यी आक्रमणहरू भइरहेको इजरायलले जनाएको छ। जहाँ स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ।

    इजरायलले लेबनानमा स्थलगत कारबाहीका लागि अमेरिकाको समर्थन पाएको छ। अमेरिकी विदेशमन्त्री लोयड अस्टिनले इरानले इजरायलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। यद्यपि, राष्ट्रपति बाइडेनले सोमबार इजरायल र लेबनानबीच तत्काल युद्धविराम हुनुपर्ने धारणा राखेका थिए।

    समाचार एजेन्सी एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो। उक्त समयमा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो। जसमा ११ सयभन्दा बढी लेबनानी मारिएका थिए। इजरायलतर्फ भने ४९ नागरिक र १ सय २१ सैनिकको ज्यान गएको थियो।

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - १४:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij