Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अन्धाधुन्ध चक्कु प्रहार : ३ जनाको मृत्यु, १५ घाइते

अन्धाधुन्ध चक्कु प्रहार : ३ जनाको मृत्यु, १५ घाइते


  • 1.6K
    Shares

    अन्धाधुन्ध चक्कु प्रहार : ३ जनाको मृत्यु, १५ घाइते
    images

    शांघाई । चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् ।

    चिनियाँ प्रहरीले लिन नाम गरेका ३७ वर्षीय पुरुषलाई घटनास्थलबाट पक्राउ गरेको छ । उनी ‘व्यक्तिगत आर्थिक विवादको रिस पोख्न’ शांघाई आएको प्रहरीले जानकारी दिएको छ । यसमा विषयमा थप अनुसन्धान भइरहेको छ ।

    यो घटना सहरको दक्षिण पश्चिम सोङजियाङ जिल्लामा भएको हो । यो क्षेत्रमा विभिन्न विश्व विद्यालयहरू रहेका छन् । चक्कु प्रहार भएर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाइते अन्यको अवस्था भने ‘खतरामुक्त’ रहेको पनि जानकारी दिइएको छ ।

    चीनमा व्यक्तिगत हतियार राख्न पाइँदैन । तर, पछिल्लो समय देशमा चक्कु प्रहारका घटना बढ्दै गएका छन् । गत महिना दक्षिण चीनमा एक १० वर्षीय जापानी विद्यार्थीको चक्कु प्रहार गरी हत्या गरिएको थियो ।

    गत जुनमा उत्तरपूर्वी जिलिन सहरमा चार जना अमेरिकीमाथि पार्कमा चक्कु प्रहार भएको थियो । त्यस्तै, मे महिनामा युनान प्रान्तमा एक व्यक्तिले अस्पतालमा अन्धाधुन्ध चक्कु प्रहार गरेर दुई जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएका थिए । बीबीसी

     

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - १०:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij