Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अन्तरिक्षमै अड्किएका सुनिता विलियम्स र बुच विल्मोर ल्याउन गयो ‘ड्रागन’, फेब्रुअरीमा फर्किने

अन्तरिक्षमै अड्किएका सुनिता विलियम्स र बुच विल्मोर ल्याउन गयो ‘ड्रागन’, फेब्रुअरीमा फर्किने


  • 2.2K
    Shares

    अन्तरिक्षमै अड्किएका सुनिता विलियम्स र बुच विल्मोर ल्याउन गयो ‘ड्रागन’, फेब्रुअरीमा फर्किने
    images

    अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्रीद्वय सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान त्यहाँ पुगेको छ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्रागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्‍याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ।

    यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जसमा दुईवटा सिट खाली छन्, अब त्यसमा विलियम्स र विल्मोर पनि फर्कनेछन्। अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धानमा बिताउनेछन्।

    यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनका लागि अन्तरिक्षमा गएका दुई अन्तरिक्ष यात्री विलियम्स र विल्मोर त्यस यानमा प्राविधिक गडबडी आएपछि पृथ्वीमा फर्कन पाएनन्। 

    अब अहिले पुगेको अर्को यानबाट उनीहरू आगामी फेब्रुअरीमा पृथ्वी फर्कने बीबीसीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १४ २०८१ सोमवार - १०:२७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij