Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते


  • 3.5K
    Shares

    बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते
    images

    काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् ।

    मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो । 

    प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भन्नुभयो,  “गएराति नादान देहात थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा यात्रु बोकेको बस रोकिराखेको ढुङ्गाले भरिएको ‘डम्पर ट्रक’मा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।”

    पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २९ जनालाई सतना अस्पतालमा लगिएको छ । दुर्घटनामा परी घाइते भएका थप पाँच जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । 

    प्रहरीका अनुसार बसभित्र फसेका यात्रुलाई स्थानीय नागरिक र प्रहरीले उद्धार गरेका थिए । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरू भइसकेको जनाएको छ । 

    उत्तर प्रदेशबाट आउँदै गरेको बस महाराष्ट्रको नागपुरका लागि छुटेको थियो । भारतमा प्रायः क्षमताभन्दा अत्यधिक भार, कमजोर सडक अवस्था र लापरवाहीपूर्वक हुने ड्राइभिङको कारण घातक सडक दुर्घटनाहरू हुने गर्छन् । 

    भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

    प्रकाशित मिति :आश्विन १३ २०८१ आइतवार - १७:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij