Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजबाट बिक्रीमा आयो नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर

आजबाट बिक्रीमा आयो नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर


  • 7.3K
    Shares

    आजबाट बिक्रीमा आयो नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ ।

    बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफको ५५ हजार ८६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (चैत २३ गते) देखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    नागरिक लगानी कोषको संस्थापक शेयरको मूल्य १ हजार ५२९ रुपैयाँ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ४६६ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    सो शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिनेछ ।

    यस अघि बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र नेशनल लाइफको ६१ हजार ३६६ कित्ता संस्थापक शेयर खरिदका लागि चैत १० गतेदेखि १८ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । बैंकले सो बेला नागरिक लगानी कोषको १ हजार ५४० रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ४६६ रुपैयाँमा खरिद आव्हान गरेको थियो ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - ११:१९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij