२०८२ माघ ११ गते आइतवार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवाको संचालन र गठन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रमबारे समेत जानकारी दिइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij