२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । एनएमबि सरल बचत फण्ड–इ प्रतिफल वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले बिहीवार सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण नगर्ने जानकारी दिएको हो ।
२०७८ असोज ६ गते ४ करोड इकाई बाँडफाँट गरी सञ्चालनमा रहेको यस योजनाले हालसम्म प्रतिफल वितरण गरेको छैन ।
खुलामुखी प्रकृतिको यस योजनाको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य १ रुपैयाँ ७४ पैसा छ । सो अवधीसम्म योजमकको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२ दशमलव ७१ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij