Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विपत्ति

बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु, ५ लाखभन्दा बढी प्रभावित

बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु, ५ लाखभन्दा बढी प्रभावित


  • 1.7K
    Shares

    बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु, ५ लाखभन्दा बढी प्रभावित
    images

    म्यानमारमा यागी तुफानका कारण आएको बाढीले जनजीवन अस्तव्यस्त भएको छ । म्यानमारको सैनिक सरकारले बाढीका कारण हालसम्म कम्तीमा २०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । अझै ८० जनाभन्दा बढी हराइरहेका छन् ।

    यागीका कारण यस वर्ष एसियाली देशहरूको जनजीवन प्रभावित भएको छ । यो तुफानका कारण भियतनाम, लाओस, थाइल्यान्ड तथा म्यानमारमा गरी ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

    म्यानमारमा भने यागीका कारण बाढी तथा पहिरोले व्यापक जनधनको क्षति गरेको छ । कतिपय गाउँ डुबानमा परेका छन् । कैयौँ क्षेत्रमा फैलिएको बालीनाली नष्ट भएको छ ।

    संयुक्त राष्ट्रसंघले म्यानमारमा मात्र ५ लाखभन्दा बढी मानिस प्रभावित भएको जनाएको छ । साथै, प्रभावितहरूलाई खानपिन तथा लत्ताकपडा तत्काल आवश्यक रहेको पनि जनाएको छ ।

    राष्ट्रसंघका अनुसार तुफानका कारण म्यानमारको राजधानीसहित अन्य ९ राज्यमा भयावह स्थिति सिर्जना भएको छ ।

    प्रकाशित मिति :आश्विन २ २०८१ बुधवार - ११:२६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij