Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान

मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान


  • 1.8K
    Shares

    मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान
    images

    ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीलाई कुर्सीले प्रहार गरेका छन् ।

    घाइते उम्मेदवारलाई अस्पताल भर्ना गर्नुपरेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

    सीएनएनका अनुसार यो बहस वामपन्थी उम्मेदवार जोसे लुइस डेटेना र दक्षिणपन्थी नेता पाब्लो मार्सेलबीच भइरहेको थियो ।

    मार्सेलले डेटेनामाथि ११ वर्ष पुरानो यौन उत्पीडनको विषयमा टिप्पणी गरेका थिए । यसबाट आक्रोशित डेटेनाले मार्सेलमाथि कुर्सी प्रहार गरेका थिए ।

    यसपछि डटेनालाई बहसबाट हटाइयो । उनले एक विज्ञप्ति जारी गर्दै आफूले गल्ती गरेको तर आफूले गरेको कामप्रति कुनै पछुतो नभएको बताएका छन् । 

    मार्सेललाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनको छाती र हातमा चोट लागेको अस्पतालले जनाएको छ ।

     मार्सेलले कुर्सी आक्रमणलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध जुलाईमा भएको हत्या प्रयास र २०१८ को चुनावमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोमाथि चक्कु आक्रमणसँग तुलना गरेक थिए । 

    साओ पाओलोमा मेयरको निर्वाचन अक्टोबर ६ गते हुँदैछ । १० जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय टेलिभिजन च्यानल कल्चरमा मेयरका छ जना उम्मेदवार बहस गरिरहेका थिए ।

    यस क्रममा मार्सेलले डेटेनामा प्रहार गर्न थालेका थिए । मार्सेलले डटेना नराम्रो पत्रकार भएको र आफू मातहतमा काम गर्ने पत्रकारलाई यौन दुर्व्यवहार गरेको बताए । 

    रिपोर्टका अनुसार डटेनालाई २०१९ मा एक जुनियर रिपोर्टरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । त्यसपछि डटेनाले पत्रकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

    केही महिना पछि, महिलाले डटेनाविरुद्धको आरोप फिर्ता लिएकी थिइन् । यता डटेनाले घटनापछि पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् । 

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - १२:५९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij