काठमाडौँ । आज देखि लागु हुने गरि बाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।
असोज १ गतेदखि लागु हुने गरि हाल सञ्चालनमा रहेको २० बाणिज्य बैंकहरू मध्ये दुई बैंकले ब्याजदर बढाएको छ भने १० वटा बैंकले निक्षेपको ब्याजदर घटाएको छ । यस्तै, ८ बैंकले भने भदौँकै ब्याजदरलाई निरन्तरता दिने भएको छ ।
असोज महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.३८ प्रतिशत कायम गरिएको छ । यसअघि भदौ महिनाको औषत व्याजदर ६.५३ प्रतिशत थियो । भदौको भन्दा असोजमा ब्याजदर ०.१५ प्रतिशतले घटेको हो ।
असोज महिनाका लागि नेपाल बैंक र कृषि विकास बैंकले व्याजदर बढाएका छन् । नेपाल बैंक र कृषि विकास बैंकको व्याजदर क्रमशः ५.९५ र ६.०७ रहेको छ ।
ब्याजदर घटाउँदै राष्ट्रिय बाणिज्य बैंकले ६ , एभरेष्ट बैंकले ६ , सानिमा बैंकले ५.९, नेपाल एसबीआई बैंकले ६, सिटिजन्स बैंकले ६.१५, कुमारी बैंकले ६.०१, प्राइम कमर्सियल बैंकले ६.२५, नविल बैंकले ६.७५, एनएमबी बैंकले ६.५ र एनआईसी एसिया बैंकले ७.१८ प्रतिशत कायम गरेका छन् ।
त्यसैगरी, प्रभु बैंकले ६.१, ग्लोबल आईएमई बैंकले ६.२५, सिद्धार्थ, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५, हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्डले ७ प्रतिशत ब्याजदर कायम गरेका छन् । यी ८ वटा बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर कति ?
| बैंक |
भदौको ब्याजदर |
असोजको ब्याजदर |
| कृषि विकास |
६.०६५ |
६.०७ |
| राष्ट्रिय वाणिज्य |
६.०७ |
६.०० |
| नेपाल एसबीआई |
६.२५ |
६.०० |
| लक्ष्मी सनराइज |
६.५० |
६.५० |
| ग्लोबल आईएमई |
६.२५ |
६.२५ |
| कुमारी |
६.७१ |
६.०१ |
| प्राइम |
६.७५ |
६.२५ |
| नेपाल |
५.२५ |
५.९५ |
| सानिमा |
६.२० |
५.९० |
| सिटिजन्स |
६.७५ |
६.४० |
| नबिल |
७.०० |
६.७५ |
| इन्भेस्टेमेन्ट मेगा |
६.५० |
६.५० |
| सिद्धार्थ |
६.५० |
६.५० |
| स्टान्डर्ड चार्टर्ड |
७.०० |
७.०० |
| माछापुच्छ्रे |
७.०० |
७.०० |
| प्रभु |
६.१० |
६.१० |
| एनएमबी |
७.४१ |
६.५० |
| एनआईसी एसिया |
७.४१ |
७.१८ |
| हिमालयन |
७.०० |
७.०० |
| एभरेष्ट |
६.१० |
६.०० |