Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोशीका मुख्यमन्त्री कार्कीले फेरी विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले फेरी विश्वासको मत लिँदै


  • 2.4K
    Shares

    कोशीका मुख्यमन्त्री कार्कीले फेरी विश्वासको मत लिँदै

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने गरि प्रदेश सभा सचिवालयमा प्रत्राचार गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् ।

    माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले- कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो ।

    अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् ।

    त्यस्तै प्रदेशमा माओवादी केन्द्रक १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।   

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १६:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij