Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगन्जमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगन्जमा सेवा विस्तार


  • 1.4K
    Shares

    • images
    लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगन्जमा सेवा विस्तार
    images

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

    बैंकको वीरगंज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ के.मी. मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ। 

    स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन्।स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।

    स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ। हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन्।

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - ११:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij