Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८ प्रतिशत लाभांश पारित गरिने

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८ प्रतिशत लाभांश पारित गरिने


  • 1.7K
    Shares

    आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८ प्रतिशत लाभांश पारित गरिने
    images

    काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारण सभा डाकेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको हो ।  

    कम्पनीको उक्त सभा आगामी असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा  दिउँसो २ बजेदेखि सुरु हुनेछ ।  

    सभामा आव २०८०/८१ सम्मको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने, ञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव  २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आव २०८१/८२ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - ०७:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij