Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने

हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने


  • 1.7K
    Shares

    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

    कम्पनीले व्यतित बीमालेखहरु आज भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

    तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा २५ प्रतिशत र ७ वर्षदेखि १२ वर्षसम्म व्यतित बीमालेख १० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ भने १२ वर्षमाथि व्यतित भएका बीमालेखमा छुट नदिने जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - ०८:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij