
२०८२ भाद्र १० गते मंगलवार
काठमाडौ । बैंकहरूको आधारदर फेरि घटेको छ । साउनको तुलनामा भदौमा औषत ०.२५ प्रतिशतले आधारदर घटेको हो । योसँगै भदौका लागि औषत आधारदर ७.९२ प्रतिशत भएको छ । आधार दर कम हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । ऋणको ब्याजदर तय गर्दा आधारदरमा प्रिमियम जोडिन्छ ।
बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतःसंस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर अर्थात बेसरेट हो ।
यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत, राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिएको हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij