Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

सपिङ सेन्टरबाट किशोरी हाम फालेर आत्महत्या गर्दा हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु

सपिङ सेन्टरबाट किशोरी हाम फालेर आत्महत्या गर्दा हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु


  • 3.0K
    Shares

    सपिङ सेन्टरबाट किशोरी हाम फालेर आत्महत्या गर्दा  हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु
    images

    काठमाडौं । जापानको योकोहामा शहरमा एक जना किशोरी हाम फालेर आत्महत्या गर्न खोज्दा हिँड्दै गरेकी अर्की महिलाको पनि मृत्यु भएको छ ।

     सहरको एक सपिङ सेन्टरबाट हामफाल्दा १७ वर्षकी किशोरीको मृत्यु भयो भने यस क्रममा ३२ वर्षकी पैदलयात्रीलाई लागेर उनको पनि मृत्यु भएको बताइएको छ ।

    महिला त्यहाँ आफ्नो साथीहरूसँग आएकी थिइन् । किशोरी र महिलालाई घटनालगत्तै साँझ ६ बजेतिर अस्पताल लगिएको थियो । अस्पताल लगेको एक घण्टापछि किशोरीको मृत्यु भएको थियो ।

    त्यसको केही बेरमा महिलाको पनि मृत्यु भएको बताइएको छ । किशोरीले आफ्नो ज्यान किन लिइन् भन्ने स्पष्ट हुन सकेको छैन । जापानमा सेप्टेम्बर १ मा नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।

    यसै दिनमा १८ वर्ष मुनिका किशोर किशोरीहरूको आत्महत्याको क्रम बढेको पछिल्ला केही वर्षयताको सरकारी तथ्याङ्कले देखाएको छ । गएको वर्ष जापानमा ५१३ बालबालिकाले आफ्नो ज्यान लिएका थिए ।

    अधिकांशले आत्महत्याको कारण विद्यालयको समस्या उद्धृत गरेको पाइएको छ । सन् २०२० मा ओसाकाको व्यस्त क्षेत्रमा १७ वर्षका किशोरले सपिङ सेन्टरको छतबाट हामफल्ने क्रममा लाग्दा १९ वर्षकी अर्काी महिला विद्यार्थीको पनि मृत्यु भएको थियो ।

    प्रकाशित मिति :भाद्र १९ २०८१ बुधवार - १२:३९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij