२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । रूसको पूर्वी क्षेत्रमा २२ जना पर्यटक सवार हेलिकप्टर बेपत्ता भएको छ। कामचत्का प्रायद्वीप भ्रमणका लागि २२ जना पर्यटकलाई प्राचीन वचकाजेत्स ज्वालामुखीबाट उडान भरेको केही बेरमै रडारबाट बेपत्ता भएको थियो।
बीबीसीका अनुसार वाक्लो हुस्सु र खराब मौसमका कारण हेलिकप्टर खोजी कार्यमा समस्या भइरहेको रूसी प्रहरीले बताएका छन्।
रूसको सुदूर पूर्व क्षेत्रमा प्रायः यस्ता दुर्घटना हुँदै आएको छ। कम जनसङ्ख्या रहेको यो क्षेत्रमा प्रायः मौसम खराब नै रहन्छ।
३ वर्ष अघि पनि खराब मौसमका कारण कामचत्कामा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij