२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मेरो शेयरमा समस्या आएपछि अनलाइनमार्फत शेयर कारोबार गर्ने लगानीकर्ताहरू प्रभावित भएका छन् ।लगानीकर्ताहरू प्रभावित भएपछि सीडीएससीले माफी मागेको छ ।
मर्मतको काम भइरहेको भन्दै सीडीएससीले मेरो शेयरमा अझै केही दिन समस्या देखिन सक्ने समेत बताएको छ । उसले लगानीकर्ताहरूलाई धैर्यताका साथ मेरो शेयर प्रयोग गर्न समेत भनेको छ ।
उसले प्राइभेट विन्डो वा इकोग्नीटोमार्फत मेरो शेयर लगइन गर्न समेत सुझाव दिएको छ ।
कसरी गर्ने प्रयोग गर्ने प्राइभेट विन्डो तथा इकोग्नीटो ?
इन्कोग्निटो विन्डो भनेको जस्तै तपाईंले गुगल क्रोम वेवसाइट खोल्नु भएको छ भने तपाईंले त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देख्न सक्नुहुन्छ ।
त्यहाँ क्लिक गर्नु भयो भने न्यू इन्कोग्निटो विन्डो हेर्न सकिनेछ । वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गर्नु भयो भने इन्कोग्निटो विन्डो खुल्छ ।
दोस्रो तरिका भनेको तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो सेयर प्रयोग गर्न सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij