२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा बबी सिंह पक्राउ परेका छन् ।
उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । जघन्य हत्या अभियोगमा अमेरिकामा त्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
लुटपाटको क्रममा उनको हत्या भएको हुन सक्ने अदालती कागजमा उल्लेख गरिएको भए पनि पुष्टि भने हुन सकेको छैन । बबी सिंह शाह ५१ वर्षका रहेको बताइएको छ । उनलाई गैरकानुनी हतियार बोकेको आरोप पनि लगाइएको छ ।
प्रहरीले मुनाको हत्यामा संलग्न फोटो सार्वजनिक गरेलगत्तै पक्राउ परेका थिए । ट्राफिक स्टपमा उनलाई पक्राउ गरिएको ह्युष्टन प्रहरीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ । प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ नै सिंह पक्राउ परेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij