Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पोखरामा तायामचा नृत्य प्रतियोगिता सम्पन्न

पोखरामा तायामचा नृत्य प्रतियोगिता सम्पन्न


  • 1.6K
    Shares

    पोखरामा तायामचा नृत्य प्रतियोगिता सम्पन्न
    images

    पोखरा । नेवाः खलः कास्कीको आव्हान र नयाँबजार सांस्कृतिक समिति, नयाँबजारको आयोजनामा पर्यटकीय नगरी पोखरामा भएको तायामया नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर तायामचा समिति बागबजार र महिलातर्फ लामाचौर नेवाः खलः लामाचौरले प्रथम स्थान हासिल गरेको छ ।

    खलःको आव्हानमा गत शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ रानीपौवा तायामचा नाच समिति, रानीपौवा द्वितीय, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तृतीय र गैह्रापान नेवाः सामाज गैह्रापाटनले सान्त्वना पुरस्कार जितेको छ ।

              यसैगरी महिलातर्फ समाजकल्याण नेवाः खलः राजाको चौतारो द्वितीय र रुपा देउराली नेवाः खलः रुपा गाउँपालिका तृतीय स्थान हासिल गर्न सफल भएको छ  ।

    पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी जम्मा २८ समूहले भाग लिएको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ३ लाख एक रुपैयाँ, द्वितीयलाई २ लाख एक रुपैयाँ, तृतीयलाई १ लाख एकरुपैयाँ र सान्त्वना पुरस्कारस्वरुप दश हजार एक रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

    यसैगरी महिलातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार नगद पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

    प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो भने समामन कार्यक्रमको प्रमुख ततिथिमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य रहनुभएको थयो । उहाँले बिजयी समूहलाई शिल्ड, प्रमाणपत्र र नगदराशी वितरण गर्नुभएको थियो ।

    २०० वर्ष पुरानो इतिहास बोकेको पोखराको तायामचा नृत्य गाइजात्राको अवसर पारेर आयोजना गरिएको थियो ।

    उक्त अवरमा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेल पोखरामा नेवाः बस्ती बसाल्ने लगायत नेवाःहरुले आफूले लिएर आएको सांस्कृतिक सम्पदा संरक्षण गरी युवा पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यस प्रकारको तायामचा प्रतियोगिताको आयोजना गरिएकोे बताउनुभयो ।

    तयामचा नृत्यमा भाग लिने कलाकार र वाद्ययवादक सबै युवा पुस्ताका रहेकाले यो नृत्य युवापुस्तामा हस्तान्तरण भइसकेको र यसले नृत्य संरक्षणमा टेवा पुग्ने कुरामा आफू विश्वस्त रहेको उहाँको धारणा थियो ।

    समितिका संयोजक शम्भुलाल श्रेष्ठले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको निम्ति आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दै प्रतियोगिताको उद्देश्य परापूर्व कालदेखि चलिआएको मौलिक नेवाः संस्कृति बोकेको तायामचा नृत्य संरक्षण गर्ने, परम्परागत र मौलिक संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षित गर्नु रहेको बताउनुभयो ।

    गण्डकी प्रदेश संग्रहालय रोड, शिव गणेश मार्गमा बिहानको ८ बजेदेखि सुरु भएको प्रतियोगिता झण्डै १० घण्टासम्म चलेको थियो ।

    खलःका पूर्व महासचिव सुविन्द्र श्रेष्ठको संयोजकत्वमा रहेको तीन जनाको मूल्याङ्कन समितिले बिजयी टीमोको घोषणा गरेको थियो ।

    स्रोत : नेपालभाषा समाचार केन्द्र

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १५:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij