२०८२ भाद्र २ गते सोमवार
भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ । कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन् ।
बलिउड चर्चित अभिनेत्री आलिया भट्टमा पनि कोरोना संक्रमण भएको छ । केहि समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो ।
त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन् । त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ ।
केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो। तर, रणबीरले संक्रमण जितिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij