Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


  • 1.5K
    Shares

    • images
    सांग्रिला डेभलपमेन्ट बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    सर्वसाधारणमा विक्रीमा आएको यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरिएको हो ।

    सर्वसाधारण लगानीकर्ताहरूले यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुलाइएको शेयरका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ ।

    विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उल्लेखित शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - ०९:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij