२०८२ भाद्र २५ गते बुधवार
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्धिका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन् ।
उनले भने, ‘विकसित र समृद्ध लद्दाख निर्माण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ ।’
नयाँ जिल्लाको नाम झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ हरेका छन् । उनले मोदी नेतृत्वको सरकारले लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।
गृहमन्त्री शाहको यो घोषणा पछि प्रधानमन्त्री मोदीले लद्दाखमा पाँच नयाँ जिल्लाहरू निर्माण गर्नु राम्रो शासन र समृद्धिको लागि ठूलो कदम भएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij